सहारा दैनिक

spot_img
Homeसमाचारभ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ–मन्त्री ज्वाला

भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ–मन्त्री ज्वाला

काठमाडौँ, ३० जेठ (रासस)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस स·ठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी सुशासन कायम गर्न सकिने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रुपमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिँदै समाजवादी अर्थव्यवस्थाले नागरिकलाई सामाजिक न्याय, समानता र आत्मनिर्भरको अवसर प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।


मन्त्री ज्वालाले गुटबन्दीको अन्त्य गर्न आग्रह गर्नुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएर विचार, सिद्धान्त र निर्णय सम्प्रेषण गर्न उहाँले सुझाव दिनुभयो ।
स·ठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले समाजवादी प्रेस स·ठन सधँैभरि श्रमजीवी पत्रकारका पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
स·ठनको यही जेठ २६ र २७ गते काठमाडौँमा आयोजित प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यक्रममा समाजवादी प्रेस स·ठनका पदाधिकारीलगायत उपस्थित थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -