सहारा दैनिक

spot_img
Homeदेशमधेशवास्तविक कृषक पहिचानका लागि स्यवंसेवक परिचालन गरिंदै

वास्तविक कृषक पहिचानका लागि स्यवंसेवक परिचालन गरिंदै

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
वीरगंज महानगरपालिकाले नगर क्षेत्रका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ ।
वास्तविक कृषकको पहिचान नहुंदा सेवा प्रवाह गर्न कठिनाई हुनुका साथै कृषकका नाममा गैह्र कृषकले फाइदा लिइरहेको भेटिएकाले त्यसलाई नियन्त्रण गर्न महानगरले अभियान चलाउन लागेको हो ।
मेयर राजेशमान सिंहले कृषकलाई विभिन्न सीप सिकाउदै आत्मनिर्भर बनाउन र प्रोत्साहन स्वरुप अनुदान दिन कृषक पहिचान आवश्यक भएकाले अभियान चलाउन लागिएको बताउनु भयो ।
पहिलो चरणमा महानगरको वडा नं. १६, १७, २७, ३० र ३२ गरि ५ वडामा वास्तविक कृषकको तथांक संकलन गर्ने महानगरले तयारी गरेको छ ।
यी वडामा सबैभन्दा बढी कृषि योग्य जमिन हुनुका साथै कृषिमा आत्मनिर्भर हुनेको संख्या पनि बढी रहेकाले पहिलो चरणमा यही ५ वडाबाट वास्तविक कृषक पहिचानका लागि टोली खटाउने तयारी गरिएको महानगरको कृषि विकास अधिकृत रोशनी यादबले जानकारी दिइन ।
कृषक पहिचानको लगत आएपछि कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम गैह्र कृषकले लैजाने प्रचलन पूर्ण रुपमा नियन्त्रणमा आउने यादबले बताइन ।
वास्तविक कृषक पहिचानका लागि महानगरले स्वयंसेवक भर्ना गरेर उनीहरुलाई प्रशिक्षण समेत दिइसकेको छ ।
शनिबार कृषि ज्ञान केन्द्र बाराका प्रमुख रामजीवन ठाकुरले स्वयंसेवकहरुलाई कृषक गणनाका लागि आवश्यक सूचक तथा बिधीहरुका बारेमा प्रशिक्षण दिनुभएको छ ।
प्रशिक्षण लिएका स्वयंसेवकहरुले सम्बन्धित कृषकको घरघरमा पुगेर मोबाइलमा रहेको एप्लिकेशनबाटै डिजिटल रुपमा तथ्याकं प्रविष्ट गर्नुपर्ने छ ।
महानगरले आइतबारबाटै सम्बन्धित वडाहरुमा तथ्यांक संकलनका लागि स्वयंसेवकहरुलाई खटाउन शनिबार प्रशिक्षण दिइएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -