सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवामा पानी ट्यांकी निर्माण हुने भएको छ ।
नेपाल खानेपानी संस्थानले वीमनपा वडा नं. १६ स्थित नगवामा निर्माण गर्न लागेको साढे ४ लाख लिटर क्षमताको पानी ट्यांकीको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शनिबार खानेपानी पानी ट्यांकीको शिलन्यास गरेका हुन् ।
नगवामा निर्माण हुनलागेको पानी ट्यांकीले वडा नं. १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने विश्वास लिइएको छ ।
खानेपानी ट्यांकीको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका प्रमुख सचेतक प्रदीप यादवले पानी ट्यांकी निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाले पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनीको पानीको तह घट्दै जांदा चापाकलमा समेत पानी आउन छोडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्यांकी निर्माणको काम सुरु गरिएको बताउनु भयो ।
त्यसै गरी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तराई–मधेशका क्षेत्रहरुमा देखिएको पानीको समस्या गम्भीर भएको बताउदै पानी उपयोगमा सचेत हुनुपर्ने सुझाव दिनु भयो ।
उहाले हामीलाई अनावश्यक ढ·ले पानी खर्चिने बानी छ, यो गलत हो । पानीको महत्व हामीले नबुझे एकदिन हाकाहारको सामना गर्नुपर्छ । आवश्यकता भन्दाबढी पानी खर्च गर्ने बनी त्याग्न आग्रह पनि उहाले गर्नु भयो ।
मेयर सिंहले पानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसंग मिलेर महानगरका विभिन्न वडामा ४ हजार धारा निःशुल्क रुपमा जडान गर्न लागिएको जानकारी पनि सो अवसरमा दिनु भयो ।
संघ सरकारको बजेटबाट नेपाल खाने पानी संस्थानले निर्माण गर्न लागेको वीरगंज जलापूर्ति परियोजनाको कूल लागत रु. ५३ करोड ३२ लाख २४ हजार २ सय २०. ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।
Facebook Comments Box