सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिना बजारद्वारा सर्वसाधारणलाई चनाको सातु खुवाएका छन ।
केन्द्रका अध्यक्ष वासु सहनी, उपाअध्यक्ष प्रवेश सर्राफको अगुवायीमा शनिवार वीरगंज स्थित घण्टाघर चोकमा सर्वसाधारणलाई चनाको सातु खुवाएका हुन ।
प्रचण्ड गर्मीका कारण बाटो हिड्ने बटुवालाई राहत दिने उदेस्यले आयोजना गरिएको सातु खुवाउने क्रममा रिक्सा, ठेला, टेम्पु, इ–रिक्सा चालकहरुका साथै बाटो हिड्ने बटुवाहरुलाई चिसो पानीमा घोलेर सातु खुवाएको केन्द्रका उपाअध्यक्ष सर्राफले जानकारी दिनु भयो ।
Facebook Comments Box