सहारा दैनिक

spot_img
Homeदेशमधेश“समग्र मधेश एक प्रदेश” र नागरिकताको माग पुरा नभएको दावी

“समग्र मधेश एक प्रदेश” र नागरिकताको माग पुरा नभएको दावी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले आफ्ना नेता÷कार्यकर्तालाई आन्दोलनको लागी तयारीमा जुट्न निर्देशन दिनु भएको छ ।


जनमत पार्टी पर्साले वीरगंज स्थित नगरसभागृहमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले मधेशी जनताको माग अझ सम्बोधन नभएकाले आन्दोलनको लागी तयारीमा जुट्न निर्देशन दिनु भएको हो ।
उहाले आफु सांसद, मन्त्री तथा सत्ताका लागी राजनितिमा नआएको बताउदै मधेशी जनताको पिडालाई मध्यनजर गरी संघर्षको बाटो रोजेको बताउनु भयो । उहाले विगतमा भएका विभिन्न आन्दोलन पश्चात पनि मधेशी मात्र नभई नेपाली जनताको माग अझै सम्बोधन नभएको बताउनु भयो ।


पछिल्लो १०–२० वर्षमा भएका आन्दोलनले मुर्त रुप नलिंदा माग अधुरै रहेको बताउदै उहाले पछिल्ला आन्दोलनहरुले उठाएको “समग्र मधेश एक प्रदेश”, नागरिकताबाट बञ्चित नागरिकले पाउनु पर्ने नागरिकता र विभेध जस्ता मुद्दा अझै सम्बोधन हुन बाकी रहेको बताउनु भयो ।
कार्यक्रममा नव प्रवेशी नेताहरुबाट उठेका विषय बस्तु माथी प्रकाश पार्दै अध्यक्ष डा. राउतले आफुलाई मन्त्री बन्ने वा सत्तामा बस्ने लोभ नभएको बताउदै मधेश मात्रै नभई मुलुककै जनताका लागी आफ्नो जिवन समर्पित गरी संघर्षको बाटो रोजेकाले मधेशका अग्रज बाबा रामजनम तिवारी र गजेन्द्र नारायण सिंहले उठाएका मुद्दाहरु सम्बोधनका लागी आन्दोलनको विकल्प नरहेको बताउनु भयो ।

उहाले संगठन विस्तार र निर्वाचन पनि एउटा आन्दोलनकै स्वरुप रहेकाले त्यस तर्फ अग्रसर हुन नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
जनतम पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले, नेकपा (एस), नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी हजारौको संख्यामा रहेका नेता÷कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन ।
कार्यक्रममा मधेश आन्दोलनका योद्धाका रुपमा रहेकी जसपाकी नेतृ संविधानसभा सदस्य एवं पुर्व विधायक करिमा बेगम, लोसपाका नेता शषीकपुर मियां, जसपाका मनोज यादव, भागृत साह, संगिता तिवारी लगायत जनमत पार्टीमा प्रवेश गरेका छन ।


त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रहलाद गिरी, नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य सिपु तिवारी लगायतका क्रान्तिकारी नेताहरु पनि जनमत पार्टीमा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष डा. राउतले फुल माला र टिका लगाएर स्वागत गर्नु भयो ।
कार्यक्रममा नव प्रवेशी प्रभावशाली नेताहरुले जसपा र लोसपाका नेताहरु सत्ता र भत्ताका लागी मधेशी जनताका रगतसंग सौदा गरेको आरोप लगाएका छन । उनीहरुले यी दुई पार्टीले मधेश आन्दोलनको नाममा मधेशी जनताको रगत बगाएर सत्तामा पुग्न मात्र प्रयोग गरेको आरोप लगाउदै उनीहरुलाई अब नंग्याउनु पर्ने बेला आएको बताएका छन ।
जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगायतको नामै तोकेर शषीकपुर मियांले मधेशीहरुको बलिदानीको उपलब्धिलाई बेचेको आरोप लगाउनु भयो । उहाले मधेशवादको नाममा उनीहरुले आफु र आफ्ना नातागोताकालाई सत्तामा पु¥याउने र आर्थिक लाभ लिन व्यापारनै गरेको आरोप समेत लगाउनु भयो । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय उपाअध्यक्ष बसन्त कुशवाहा, केन्द्रीय सदस्य डा. सरद सिंह यादव, पर्साका संयोजक ओमप्रकाश सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -