सहारा दैनिक

spot_img
Homeदेशमधेशअन्तर्राष्ट्रिय बजार पहुंच सम्बन्धमा चार दिने तालिम सुरु

अन्तर्राष्ट्रिय बजार पहुंच सम्बन्धमा चार दिने तालिम सुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ जेठ ।
सम्भावित अन्तर्राष्ट्रिय बजार पहुंच सम्बन्धमा चार दिने तालिमको आयोजना गरिएको छ ।
व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रद्वारा वीरगंज उद्योग वाणिज्य संघ, इन–इलम हेल्भेटास तथा नेपाली युवा उद्यमी मञ्च वीरगंज चेप्टरको संयुक्त सहकार्यमा तालिम आयोजना गरिएको हो ।
वीरगंज स्थित होटल मकालुमा आयोजित तालिमको एक कार्यक्रम विच वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनोजकुमार दासले उद्घाटन गर्नु भयो ।
सो अवसरमा उहाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै तालिमबाट प्राप्त ज्ञानको माध्यमबाट आफ्नो उत्पादन अन्तराष्ट्रिय बजारसम्म पहुंच बनाउन सहज हुने र निर्यातका क्रममा पूरा गर्नु पर्ने प्रशासनिक प्रक्रिया बारे जानकारी प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा व्यापार तथा निर्यात प्रबद्र्धन नेपालका उपनिर्देशक सिद्धिचरण दाहाल, इन–इलम हेल्भेटासका कृष्णलाल कर्ण, नेपाली युवा उद्यमी मञ्च वीरगंज चेप्टरका अध्यक्ष राकेश साह, संघका सह–सचिव निरजकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
चार दिनसम्म चल्ने तालिममा पर्सा तथा बारा औद्योगिक कोरिडरमा अवस्थित उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका पूर्व निर्देशक सुरेन्द्र गनगोलले प्रशिक्षण दिई रहनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -