spot_img
Homeदेशमधेशऐलानी जग्गामा सामुहिक तरकारी खेती गरिने

ऐलानी जग्गामा सामुहिक तरकारी खेती गरिने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ जेठ ।
वीरगंज महानगरपालिकाले वडा नं. ३१ लक्ष्मीपुरमा रहेको ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ ।
बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहिन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको हो ।
तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाको कृषि शाखाकी अधिकृत रोशनी यादवले बताइन् ।
बेरोजगार रहेका स्थानीयलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुको आयआर्जन बढाउने उदेश्यले उपयोगविहिन रहेको खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताउनु भयो ।
बुधबार जग्गा छुट्टाउन गएको टोलीमा महानगरको भौतिक संरचना नियन्त्रण समितका संयोजक प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -