spot_img

जागिर लगाइ दिने भनी ठगी गर्ने कुशवाहा पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ जेठ ।
पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेडमा जागिर लगाइ दिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ठगी आरोपमा प्रहरीले पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई पक्राउ गरेको हो ।
विन्दवासिनी गाउपालिका वडा नं.४ बस्ने २० वर्षीय अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रा.लि.मा जागिर लगाइदिने भनी निजबाट रु. २५ हजार ठगी गरेको उजुरीको आधारमा कुशवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कुशवाहाले म त्यस कम्पनीको सुपरभाईजर पदमा कार्यरत छु भनी उक्त कम्पनीको नक्कली परिचय पत्र झुण्ड्याई कामदारको सिट खाली छ भनी चौरसियालाई कामका लागी नागरिकता र सर्टिफिकेट प्रमाण पत्र सहित रू.२५ हजार भनेको खाता नम्बरमा जम्मा गराएको भनी चौरसिया समेतले दिएको जाहेरीको आधारमा निजलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
पक्राउ परेका कुशवाहा विरुद्द ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर