spot_img
Homeदेशमधेशशंकर मितलको स्वीट मार्ट फुड प्रा.लि.विरुद्ध उजुरीः नेपालकै ख्याति प्राप्त ब्राण्डको नक्कल...

शंकर मितलको स्वीट मार्ट फुड प्रा.लि.विरुद्ध उजुरीः नेपालकै ख्याति प्राप्त ब्राण्डको नक्कल गरेको आरोप

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ जेठ ।
शंकर मितलले संचालन गरेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज विरुद्ध उजुरी परेको बुझिन आएको छ ।
स्वीट मार्ट फुड प्रा.लि. ले ट्रेड मार्क नक्कल गरेको भनी कारवाहीको माग गर्दै सुजल फुडस् प्रा.लि. पोखराले उजुरी दिएको हो ।
सुजल फुडस् प्रा.लि.ले उत्पादन गर्ने आफ्ना ब्राण्डका चुइगम र चकलेटको नक्कल गरी उत्पादन गरेको भनी कारवाहीको माग गर्दै स्वीट मार्ट फुड प्रा.लि. वीरगंज विरुद्ध उजुरी दिएको समाचार बुझिन आएको हो ।
सुजल फुडस् प्रा.लि. पोखराले उत्पादन गर्ने ECLAIPS र Bubble Gum ट्रेड मार्क (ब्राण्ड)कोचुइगम र चकलेट स्वीट मार्ट फुड प्रा.लि. वीरगंजले नक्कल गरेको आरोप लगाउदै दिएको उजुरी उपर कारवाहीको लागी आवश्यक प्रकृया पनि अगाडि बढाएको समाचार बुझिन आएको छ ।
उद्योग विभागले स्वीट मार्ट फुड प्रा.लि. वीरगंजलाई पत्राचार समेत गरेको बताइएको छ ।


सुजल फुडस् प्रा.लि. पोखराले दिएको निवेदनमा अन्तराष्ट्रिय वर्गिकरणको वर्ग ३० अन्तरगतका चकलेट लगायतका कन्फेक्सनलीका उत्पादनहरुमा निरन्तर प्रयोग गर्दै आइरहेको Bubble Gum (लेवल) नामक ट्रेड मार्क २०६३ सालमा उद्योग विभागमा दर्ता नं. २४५२४ अन्तरगत यस उद्योगको नाममा दर्ता गरी करिव दुई दसक देखि सो ट्रेडमार्क अंकित बस्तुको उत्पादन तथा निरन्तर व्यापार गर्दै नेपालमा सो ट्रेडमार्कले ख्याति समेत आर्जन गरि सकेको उल्लेख छ ।
नेपालमा ट्रेडमार्क दर्ता गरी प्रचलित कानून अनुरुप व्यापार व्यवसाय गर्दै आइरहेको परिपेक्षमा स्वीट मार्ट फुड प्रा.लि.को Bubble Boom सुजल फुडस् प्रा.लि. (निवेदक)को दर्तावाल Bubble Gum ट्रेडमार्कसंग मिल्दो जुल्दो Bubble Gum शब्द प्रयोग गरी ¥यापर आकार प्रकार एवं सोमा प्रयोग भएको अक्षरको सैली र रंगहरुको संयोजन तथा लेखावटको तरिका समेत मिलाइ सर्वसाधारण उपभोक्तामा अन्यौल सृजना हुने गरी कन्फेक्सनरीका उत्पादनहरु स्थानीय बजारमा पाइएको हुंदा त्यस्ता मालबस्तुहरुको उत्पादन र विक्ति वितरणले यस उद्योगको बौद्दिक सम्पति उपरको उधिकार उलंघन भएको सुजल फुडस् प्रा.लि. पोखराको निवेदनमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -