सहारा दैनिक

spot_img
Homeदेशमधेशअक्षरधाम मन्दिर निर्माण गर्न मेयर सिंहको पहल

अक्षरधाम मन्दिर निर्माण गर्न मेयर सिंहको पहल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजमा स्वामीनारायण अक्षरधाम मन्दिर निर्माण गर्न स्वामीनारायण अक्षरधाम ट्रष्टलाई आग्रह गर्नु भएको छ ।
स्वामीनारायण अक्षरधाम गुजरात र कोलकाताबाट वीरगंज आएका सन्तहरुलाई स्वागत गर्दै मेयर सिंहले वीरगंजमा पनि भव्य अक्षरधाम निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
स्वामीनारायण वीरगंजको बाटो हु“दै मुक्तिनाथमा ६ महिना ध्यान साधना गर्न पुग्नु भएको ऐतिहासिक स्थान रहेकाले नेपालकै मुख्य प्रवेशद्वार वीरगंजमा अक्षरधाम मन्दिरको आवश्यकता खड्कीएको भन्दै त्यसका लागी सहयोग गर्न मेयर सिंहले आग्रह गर्नुभयो ।
मन्दिर निर्माणका लागि महानगरपालिकाले पर्याप्त जग्गा र अन्य सहयोग गर्न तयार रहेको भन्दै आर्थिक सहयोग गर्न ट्रष्टलाई आग्रह गर्नुभएको हो ।
सो अवसरमा स्वामीनारायण अक्षरधामबाट आउनु भएका सन्त साधु अक्षरानन्द दासले वीरगंजमा स्वामीनारायण अक्षरधाम मन्दिर निर्माण गर्न ट्रस्ट सकारात्मक रहेको बताउनु भयो ।
महानगरले प्रवेशद्वार नजिकै लक्ष्मीनारायण मन्दिर रहेको हजारिमल धर्मशालाको करिब ३ विगाहा जग्गामा अक्षरधाम मन्दिर निर्माणका लागि तयारी गरिरहेको छ । मन्दिर निर्माणका लागि तय गरिएको शंकराचार्य द्वार नजिकको जग्गाको वीरगंज आइपुग्नु भएका सन्तहरुलाई स्थलगत अवलोकन समेत गराइएको छ ।
हजारीमल धर्मशालाका नारायण अग्रवालले वीरगंजमा अक्षरधाम निर्माणका लागि आफूहरु शंकराचार्यद्वार नजिकको जग्गा दिन तयार रहेको बताउनुभयो ।
स्वामीनारायण अक्षरधामबाट सन्त साधु अक्षरानन्द दास, पुर्णवत्सल दास (कोलकाता), निर्मलासेवा दास र प्रभुद्ध्योगी दास वीरगंज आइपुग्नु भएको छ ।
अक्षरधामबाट वीरगंज आएका सन्तहरुलाई मेयर सिंह, वीरगंज महानगरपालिकाका सद्भावना दूत अशोक बैद्य, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, लायन्स इन्टरनेशनलका डायरेक्टर संजय खेतान, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, वडा अध्यक्ष प्रदीप चौरसिया, वीरगंज उद्योग वाणिज्य सघको उपाध्यक्ष माधव राजपाल, जसपा वीरगंज महानगर कमिटी अध्यक्ष ईश्वर चन्द्र यादव लगायतले स्वागत गर्नुभएको थियो ।
यसैबीच अक्षरधाम निर्माणका लागि प्रवेशद्वार नजिकै करिब ३ विगाहा जग्गा उपलब्ध गराउने हजारिमल धर्मशालाका नारायण अग्रवाललाई सम्मान गरिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर सिंह र स्वामीनारायण अक्षरधाम ट्रष्ट गुजरात र कोलकाताबाट आएका सन्तहरुले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
वीरगंजलाई ऐतिहासिक धार्मिक नगरि बनाउन अक्षरधाम मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएर पुण्य कार्य गरेको भन्दै अग्रवाललाई सम्मान गरिएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -