सहारा दैनिक

spot_img
Homeसमाचारप्राप्त उपलब्धि संकटमा पर्ने खतरा बढ्दै गएको छ–उपप्रधानमन्त्री श्रेष्ठ

प्राप्त उपलब्धि संकटमा पर्ने खतरा बढ्दै गएको छ–उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २० जेठ (रासस)
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीलगायत प्राप्त उपलब्धि संकटमा पर्ने खतरा बढ्दै गएको भन्दै रक्षाका निम्ति सबैलाई आग्रह गर्नुभएको छ ।
छुवाछूतमुक्त राष्ट्र घोषणाको १७ वर्ष पूरा भएको सन्दर्भमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेला मूलआयोजक समितिद्वारा आयोजित ‘स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम भेला’ को यहाँ आज उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिमाथि विभिन्न बहानामा प्रहार भइरहेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियासँग सम्बन्धित सङ्क्रमण न्यायको कामअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित कामलाई जतिसक्दो चाँडो पूरा गरेर शान्ति प्रक्रियालाई टु·ोमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक परिवर्तनसँगै अबका दिनको आम जनताको अवस्था बदल्नका लागि वर्तमान सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितको समृद्धिको कार्यभार पूरा गर्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य हामीले पुष्टि गर्न सक्दैनौँ, वास्तविक परिवर्तनका निम्ति राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।”
दलित समुदायमाथिको जातीय उत्पीडन र शोषणसँगै वर्गीय शोषण तथा उत्पीडिन पनि भएको टिप्पणी गर्दै उहाँले नेपालको सामाजिक लोकतान्त्रिक आन्दोलनसँगै विभिन्न संघर्षमा योगदान पु¥याउने दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दलित समुदायबारे संविधानमा उल्लेख धारा २४ र ४० लाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न दलित समुदाय सक्रिय हुनुपर्नेमा पनि जोड दिनुभयो ।
भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामार्फत जातीय भेद्भाव तथा छुवाछूतलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “दलित आन्दोलनका सामु आज पनि कति चुनौती छन्, आजको २१औँ शताब्दीमा पनि नेपाली समाजमा छुवाछूत जस्तो समस्या सांस्कृतिक रुप कायम रहनु लज्जाको विषय हो, ती चुनौतीलाई सामना गर्न अझै पनि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।”
दलित नेता गणेश विकले दलित समुदायबारे प्राप्त उपलब्धि कार्यान्वयनमा उदासीनता देखिएको बताउनुभयो । सोही अवसरमा रु एक लाख राशिको ‘इभा क्यासेल पुरस्कार’ दलित आन्दोलनका अगुवा लालबहादुर विश्वकर्मालाई प्रदान गरिएको थियो । उक्त भेला दुई दिनसम्म चल्नेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -