spot_img

लायन्स क्लबको सचिवालय उद्घाटन



सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ एसको सचिवालयको उद्घाटन गरिएको छ ।
एक कार्यक्रम विच वरिष्ठ उद्योगपति बारा–पर्सा उद्योग संघका अध्यक्ष लायन विरेन्द्र संघईले वीरगंज स्थित रुङटा मार्केटमा अवस्थित लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ एसको सचिवालयको उद्घाटन गरेका हुन् ।
लायन्स क्लब डिष्ट्रक्ट ३२५ एसको एरिया ३ अन्तर्गत रहेका क्लबहरुको नियमित काम कारवाहीलाई सहज रुपमा सञ्चालन गर्ने उद्देश्यले सचिवालय स्थापना गरिएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रक्ट ३२५ एसका नवनिर्वाचित डिष्ट्रीक्ट गभर्नर लायन देवकीनन्दन अग्रवालले जानकारी दिए ।
लायन्स क्लब डिष्ट्रक्ट ३२५ एस एरिया ३ का एरिया चिफ लायन रिकेश साहको सभापतित्वमा आयोजित कार्यक्रममा लायन्स क्लब डिष्ट्रक्ट ३२५ एसका नवनियुक्त क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, एरिया ३ का नवनियुक्त एरिया चिफ लायन उमेश शर्मा, एरिया ट्रेजर लायन आश्मा सिंह यादव, एरिया सेक्रेटरी लायन श्याम गुप्ता, एम्बेसडर अफ गभर्नर लायन गुड्डी जोशी, रिजन चेयरपर्सन लायन संजय अग्रवाल, लायन छेदुप लामा, लायन अशोक बेरिवाल, जोन चेयरपर्सन लायन विजय कुशवाहा, सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुन, उपाध्यक्ष लायन लक्ष्मी थापा, लायन चन्द्रशेखर पटेल, लायन रामेश्वर गुप्ता, लायन पशुपति विक्रम शाह, लायन उषा शाह, लायन उमेश साह कानु, लायन संदिप केडिया, लायन मनिष सिस्का, लायन नरोत्तम पाण्डे, लायन देबयन्ती साह, लायन सरिता खडगी, लायन भगवती सिग्देल, लायन रिया अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर