सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजको पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
रेडियो वीरगंजद्वारा आयोजित उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
उहाले वीरगंजको पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ? त्यसका लागी पत्रकार महासंघ संस्थागत रुपमा प्रोपोजल लिएर आउनुपर्छ , महानगर सहयोग गर्न तयार छ भन्नु भयो ।
मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिनु भयो ।
रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साहको सभापतित्वमा आयोजित तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डा. नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर मायाको चीनो प्रदान गरी सम्मानित पनि गरिएको छ ।
समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य , नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box