spot_img

बस दुर्घटनामा ३२ जना घाइते



मुग्लिन, १६ जेठ (रासस)
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना(५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।
तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेकोबसलाईसडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताउनुभयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर