सहारा दैनिक

spot_img
Homeदेशमधेशबहिरा बालबालिकाको लागि मिलेर काम गरौं–मेयर सिंह

बहिरा बालबालिकाको लागि मिलेर काम गरौं–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताउनुभएको छ ।
वीरगंजमा सुरु भएको सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताउनु भएको हो ।
महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताउनुभयो ।
अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै मेयर सिंहले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताउनुभयो । बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको उहाले बताउनुभयो । पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गर्नुभएको थियो । तालिममा १५ जना महिला पुरुषको सहभागिता रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -