सहारा दैनिक

spot_img
Homeदेशमधेशसर्वसाधारणको न्यायमा पहुंच न्यून हुदै–मेयर सिंह

सर्वसाधारणको न्यायमा पहुंच न्यून हुदै–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ जेठ ।
बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले आम सर्वसाधारणको न्यायमा पहुंच न्यून हुदै गएको बताउनु भएको छ ।
स्वतन्त्र मानव अधिकार समाजको चौथो राष्ट्रिय परिषद्को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले आम सर्वसाधारणकोको न्यायमा पहुंच न्यून हुदै गएकाले मानवअधिकारवादीले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताउनु भएको हो ।
मेयर सिंहले राम्रो काम को सहराना र गलत कार्यको बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताउदै बीरगंज महानगरको समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल पनि गर्नु भयो ।
सो अवसरमा मानव अधिकार समाजले बीरगंजको विकासमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै मेयर सिंहलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वरिष्ठ साहित्यकार नवराज लम्सालले सम्मान पत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार नवराज लम्साल , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काग्रेसका नेता प्रकाश उपाध्याय , पत्रकार ध्रुव साहले शुभकामना मन्तव्य दिनु भएको थियो । समाजको राष्ट्रिय अध्यक्ष कृष्ण खनालको सभापतित्वमा आयोजित कार्यक्रममा सहजीकरण ध्रुव अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -