spot_img
Homeदेशमधेशपर्सेली संचारकर्मी एक ढिक्का भएर अघि बढेको हेर्न चाहन्छु–मेयर सिंह

पर्सेली संचारकर्मी एक ढिक्का भएर अघि बढेको हेर्न चाहन्छु–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ जेठ ।
रेडियो वीरगंजले एक हप्ते उदघोषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेको छ ।
वीरगंज स्थित होटल पुजनमा आइतबारदेखि सञ्चालन भएको तालिमको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाटन गर्नु भयो ।
तालिमको उदघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मेयर सिंहले आफ्नोे यो कार्यकालमा यहांका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेको हेर्न चाहेको बताउनुभयो ।
उहाले यदि मेरा कमिकमजोरी भए निर्धक्क भएर लेख्नु होस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर राम्रो काम गरेको छु भने त्यसबारे पनि निष्पक्ष भएर  लेख्न आग्रह गर्छु भन्नु भयो ।
वीरगंजको पत्रकारितामा पनि केही सुधारको आवश्यकता रहेकाले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघसंगठनका अगुवाहरुको ध्यानाकर्षण पनि उहाले गराउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्र पनि संकटमा परेको बताउनु भयो ।
उहाले पत्रकारिता क्षेत्रमा पनि केही विकृति भित्रीएकोमा चिन्ता व्यक्त गर्दै यसमा शुद्धीकरणको अपरिहार्यता रहेको बताउनुभयो । पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उहाले पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ भन्नु भयो ।
तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरको लागि मात्रै पत्रकारिता नगर्न वा यो क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
रेडियो वीरगंजका अध्यक्ष्ँ ध्रुव साहको सभापतित्वमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बानका पूर्व मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादक रामकुमार एलन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण संचारकर्मी ध्रुब अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -