सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ जेठ ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादव जनता समाजवादी पार्टी नेपालको प्रमुख सचेतक नियुक्त हुनु भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको तर्फबाट संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नु भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई शुक्रबार पत्राचार गरी जानकारी दिनु भयो ।
संघीय सांसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि अध्यक्ष यादवले संघीय संसद सचिवालायलाई आग्रह गर्नु भयो ।
Facebook Comments Box