सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ जेठ ।
पर्सा प्रहरीले लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी आसवारीबाट टखिएको टोलीले कालिकामाई गाउपालिका वडा नं.१ स्थित नहर सडक खण्डबाट १० किलो लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी आशवारीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पदरूपमा आएका द्यच्द्दद्दब्त् डद्धढड नम्बरको मो.सा.रोकेर चेक जांच गर्दा मो.सा.मा सवार २१ वर्षीय अनिल पासवानले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध चरेश २० प्याकेट फेला परेको जिप्रकाले जनाएको छ ।
प्रति प्याकेट ५०० ग्रामका दरले १० किलो लागु औषध चरेश फेला परे पछि मो.सा. सहित कालिकामाई गाउपालिका वडा नं. १ निवासी पाशवानलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याएर थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box