नरैनापुर १२ जेष्ठ ।
बांकेको नरैनापुर गाउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नरैनापुर गाउपालिकाको शुक्रबार बसेको गाउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरेलले जानकारी दिनु भयो ।
पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपैया उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत खरेलले बताउनु भयो ।
नरैनापुर गाउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै नरैनापुरको सदभावलाई खलल पु¥याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउदै गौ हत्या जस्तो जघन्य अपराधले गाउपालिकालाई मर्माहित बनाएको बताउनु भयो । उहाले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गर्नु भयो ।
अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबै संग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले अपराधीक कार्यलाई जाति धर्म संग नजोडि मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बधीत सबै पक्ष संग अपिल गर्नु भयो ।
नरैनापुर गाउकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
गौ हत्या गर्नेलाई १ वर्ष सम्म सेवा उपलब्ध नगराउने निर्णय
Facebook Comments Box