सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ जेठ ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनको खतरा अझै नटरेको बताउनु भएको छ ।
वीरगंज स्थित मधुशाला रेस्टुरेन्टमा शुक्रबार बसेको समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्साको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो वताउनु भएको हो ।
उहाले नेकपा एमाले उठाएको प्रदेश खारेजीको कुरा संघीयता खारेजीको माग भएको वताउदै संविधान जारी भएपछि प्रदेश सभाको दुई वटा निर्वाचन सम्पन्न भएको छ ।
प्रदेशलाई बलियो बनाउन भुमिका खेल्नु पर्नेमा एमालेले प्रदेश खारेजीको माग गर्नु अराजक्ता भएको दावी गर्नु भयो ।
नेकपा एमालेलको बजेट अधिवेशनलाई फेल गर्ने रणनिती रहेको बताउदै उहाले देशमा अस्थिरता सृजना गरी संघीयतालाई खारेज गर्ने खेलमा एमालेका अध्यक्ष केपी ओली लागेको आरोप पनि लगायनु भयो ।
एमालेको दोस्रो तहका नेताहरुले संघीयता खारेज गर्नु पर्छ बोलेको बोली ओली कै रहेको दावी समेत उहाले गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले देशलाई अस्थिर बनाएर संघीयतालाई धरापमा पार्ने ओलीको रणनिती रहेको वताउदै यसको लागि अगामी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अगाडी सार्ने तयारीमा रहेको समेत बताउनु भयो ।
संगठनको केन्द्रिय महाधिवेशन तयारीको क्रममा वीरगंज पुगेका अध्यक्ष श्रेष्ठले संगठन गतिशिल बनाउनु पर्नेमा जोड दिनु भयो ।
समावादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको सभापतित्वमा बसेको बैठकमा संगठनका केन्द्रिय उप महासचिव रामकुमार ऐलन, केन्द्रिय सदस्य बृजलाल पासवान, प्रदेश सचिव रमेश सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका बीरगंज महानगर कमिटि अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिती रहेको थियो ।
बैठकको सहजिकरण संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।
Facebook Comments Box