सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ जेठ ।
पोप्स फुड प्रोडक्टसका संचालक अशोक अग्रवालको एक पछि अर्को ठगी धन्दाको पोल खुल्न थालेको छ ।
छलकपटपुर्ण नितिका साथ गरेको व्यापारका कारण श्री सम्पत्ति बैंकले लिलाम गरे पछि ठगी धन्दामा उत्रिएका अग्रवालले एक भारतीय कम्पनिलाई ठगी गरेको समाचार बुझिन आएको हो ।
अग्रवालले भारत गुजरात अहमदाबादका जलाराम इम्पेक्सलाई चुइगम निर्यात (एक्सपोर्ट) गर्ने भनी उक्त फर्मबाट कानूनी र गैर कानूनी रुपले रु. १५ लाख ठगी गरेको समाचार श्रोतले जनाएको छ ।
अग्रवालले ति भारतीय फर्मलाई अण्डरबिलि· गर्ने भनी भा.रु. ७ लाख ३१ हजार २ सय ५० बैंक मार्फत कानूनी रुपले अग्रीम भुक्तानी लिएका छन भने गैरकानूनी रुपले भा.रु. ७ लाख चानचुन नै नगद लिएर पनि चुइगम नपठाएको ति फर्मका संचालकलाई उद्दत गर्दै वीरगंजका एक व्यवसायीले बताएका छन ।
बजार मुल्य झण्डै भा.रु. ६० पर्ने चुइगमको भारतीय व्यापारीलाई प्रति डिब्बा भा.रु. ३४ कै दरमा दिने भनी प्रलोभनमा पारेर अग्रवालले भा.रु. १५ लाख ३० हजार असुलेका छन ।
अग्रवालले अब ति व्यापारीसंग सम्पर्क विहिन भएका छन । अग्रवाल यसरी नै चुइगम बनाउने कच्चा पदार्थ उधारोमा खरिद गरेका भारतीय व्यापारीको झण्डै भा.रु. २४ लाख रुपैया बांकी रहेको चर्चा पनि व्यवसायी वृतमा व्यापक छ । गुजरात सुरेन्द्रनगरका मेक्सोन फर्माको गम उधारोमा खरिद गरे भा.रु. २४ लाख हाल सम्म नतिरे कै कारण नेपाली व्यवसायीहरुलाई उधारो मालसामान दिन नै बन्द गरेका छन ।
त्यसै गरी बेङलोरका च्याम्पियन प्याकेजिङबाट चुइगमको रेपर खरिद गरेको भा. रु. ६ लाख समेत बांकी राखेको बताइएको छ ।
प्रतिष्ठित व्यवसायी स्व. मेरचन्द अग्रवालका माइलो छोरा रहेका अशोक अग्रवाल आफ्ना बाबुको मान प्रतिष्ठा कै आडमा नेपाल तथा भारतमा व्यापारीहरुबाट नगद रकम लिनुको कच्चा पदार्थ समेत उधारो प्राप्त गरेका छन ।
छलकपटपुर्ण नियतका कारण आफ्ना उद्यँेग व्यापार धाराशायी बनाउन पुगेका अग्रवालको घर जग्गा एनआइसि एसिया बैंकले लिलाम गरी साकार गरिसके पछि सोही जग्गामा बैना लिन ग्राहक खोज्दै हिडेका समेत सामाचार बाहिरिएको छ ।
लिलाम भइ सकेको जग्गा बिक्रि गर्ने भन्दै केही जग्गा खरिद विक्रि गराउने दलालहरुलाई परिचालन गरी बैना स्वरुप रु. ५० लाख चाहिने सर्त समेत राख्ने गरेका छन ।
श्रोतका अनुसार अग्रवालको लिलाम भएको घर जग्गाको अधिकतम मुख्य रु. ५ करोड हुन सक्ने भए पनि बैंकको व्याज सहित ६ करोड भन्दा बढि ऋण उनी एवं उनको स्वामित्वमा रहेको फर्म माथि रहेको अवस्थामा लिलाम भएको छ ।
तर उनी सोही घर जग्गा रु. ५ करोडमा दिने भनी ग्राहक खोज्दै हिड्नुको अर्थ बैंना लिएर भाग्ने दाउमा रहेको एक व्यवसायीको भनाइ छ ।
यसै विच चुइगम दिने भनी भारतीय व्यवसायीसंग पेश्कि लिएको बारे बुझ्न उनको मो. नं. ९८५५०२३१११ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
अशोक अग्रवालको एक पछि अर्को ठगी धन्दाको पोल खुल्न थालेः भारतीय तीन व्यवसायीको झण्डै भा.रु. ५० लाख पचाए
Facebook Comments Box