spot_img
Homeदेशमधेशअनलाईन मार्फत आइपिएल २०२३को सट्टाबाजी गर्नेहरु पक्राउ

अनलाईन मार्फत आइपिएल २०२३को सट्टाबाजी गर्नेहरु पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ जेठ ।
Online मार्फत (IPL 2023 ) सट्टावाजी गर्नेहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठाबाट ४ जनालाई पक्राउ गरेको हो ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले Online मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा श्रीवास्तवको घर खानतलासी गर्दा बारा जिल्ला कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३१ को सरोज साह, सर्लाही जिल्ला रामनगर गा.पा.वडा नं.६ बस्ने वर्ष ३५ को सन्तोष कुमार यादव, पर्सा जिल्ला वी.म.न.पा.वडा नं.२४ बस्ने वर्ष ३४ को धुरेन्द्र प्र.यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने वर्ष ५२ को मुन्ना भन्ने धर्मनाथ प्र.जैसवाललाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
उनीहरूले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको निम्न प्रकारका मोबाईलहरू, ल्यापटप तथा नेपाली नगद रू.३लाख ९० हजार ५ सय, भारतीय नगद रू. १५ हजार ७ सय ५० र खेलको LIVE हेर्न प्रयोग भएको Idea Company को ३२ inch LED TV समेत फेला परेको जिप्रकाले जनएको छ । प्रहरी टोलीले पक्राउ परेकाहरुलाई फेला परेको दशीको सामानहरू सहित निजहरू विरुद्द Online सट्टाबाजी सम्बन्धी कसूरमा बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -