spot_img

अज्ञात समुहबाट वृद्धको हत्या



राधेश्याम साह–––––––––––––––
गौर, ११ जेठ ।
रौतहट जिल्ला स्थित देवाही गोनाही नगरपालिकामा अज्ञात समुहले गोली प्रहार प्रहार गरी एक वृद्धको हत्या गरेको छ ।
रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नं. १ स्थित करुनिया गाउमा बिहीबार एक वृद्धको अज्ञात समुहबाट हत्या भएको हो ।
अज्ञात समुहले गोली प्रहार गरी स्थानीय ७० वर्षीय शेख तैयवको हत्या गरेको प्रहरीले जनाएको छ ।
पछाडिबाट गोलि हानेर ७० वर्षिय शेख तैयबको हत्या गरिएको अवस्थामा विहिवार विहान शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ । टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरीले अहिले सम्म केही पुष्टि गरेको छैन ।
घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
रौतहटमा पछिल्लो समयमा छुरावाजी,चोरी र हत्या जस्ता अपराधिक गतिविधिमा वृद्धि हुंदै गएको प्रति सर्वसाधारणमा त्रासको अवस्था सृजना भएको छ ।
मृतकका आफन्तहरुले घटनाको गहिरो अनुसन्धान हुनुपर्ने मांग गरेका छन् ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर