spot_img
Homeसमाचारदलित अधिकार दशक सफल बनाउन दलित अधिकार अभियान शुरु

दलित अधिकार दशक सफल बनाउन दलित अधिकार अभियान शुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन १२ दिने दलित अधिकार अभियान शुरु भएको छ ।
राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपालका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माद्धारा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ६ शिवनगरमा बुधवार एक बिशेष कार्यक्रमको आयोजना गरी अभियान शुरु गरेको हो ।
अभियानको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले नेपालले संघीयता र समावेशी बिकास अबलम्वन गरिसकेको सन्दर्भमा समग्र दलित समुदायको मानव अधिकार सम्मान, संरक्षण र परिपुर्ति गर्ने मुख्य दायित्व राज्यको नै भएकोले यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले दलितमैत्री निति र प्रभावकारी कार्यान्वयका लागि अनुगमन संयन्त्रको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपालका महासचिव मोहन ओड, नेपाल राष्ट्रिय समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र बिके, समता मिडीया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार र दलित जनप्रतिनिधी मञ्चका अध्यक्ष राधा बिकले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपालका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माद्धारा जारी प्रेस बिज्ञप्तीमा “यो अभियान जेष्ठ १० गते रुकुम पश्चिममा नवराज बिक लगायतका ६ जना यूवाहरुको नरसंहार भएको दिन हो जसलाई नेपाली दलित आन्दोलनले कहिल्यै भुल्न सक्दैन र प्रतिरोध गर्ने संकल्प गर्नुपर्ने दिन हो, भने सोही दिन जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ संसदबाट पारित भएको दिन, जेष्ठ १५ गते संघीय संसदमा बजेट आउने दिन, जेष्ठ १६ गते महिला अधिकार दिवश, जेष्ठ १८ गते छुवाछूत बिरोधी ऐनमा लालमोहर लागेको दिन र जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन अर्थात दलित अधिकार दिवश हो । यी सबै दिनहरुलाई सम्झेर १२ दिने दलित अधिकार अभियानको सान्दर्भिकता रहेको उल्लेख गरिएको छ ।
१२ दिने दलित अधिकार अभियान अन्तरगत दोश्रो देखि पांचौ दिन अर्थात जेष्ठ ११ देखि १४ गतेसम्म स्थानीय सरकारको नीति तथा कार्यक्रममा हरवाचरवा सवाल सम्बोधनका लागी मधेसप्रदेशका ८ जिल्लाका ३२ पालिकाका प्रमुखसंग भेटघाट र डेलीगेसनको फलोअप गर्ने, छैठौ देखि आठौ दिन अर्थात जेष्ठ १५ देखि १७ गतेसम्म कैलाली जिल्लाको कैलारी गाउपालिका, घोडाघोडी र लम्की नगरपालिकामा निर्माणाधिन सुरक्षित आवाशको सरोकारवाला अनुगमन गर्ने, नबौ दिन अर्थात जेष्ठ १८ गते जातीय छूवाछुत र बिभेद (सजाय र कसुर) ऐनको कार्यान्वयनको अवस्था र राज्यको दायित्व बिषयक लहान र धनगढीमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने, दशौ दिन जेष्ठ १९ गते दलित भूमि अधिकार यूनियनद्धारा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला भूमि आयोगमा ज्ञापनपत्र सहित डेलीगेशन, एघारौ दिन जेष्ठ २० गते सुदूरपश्चिम प्रदेश अस्पतालका बिरामीलाई फलफुल बितरण तथा धनगढी र काठमाण्डौ स्थित सरोकारवाला निकायलाई दलित अधिकार बर्ष पुस्तक २०२२ बितरण गर्ते र अभियानको १२ औ तथा अन्तीम दिन जेष्ठ २१ गते दलित अधिकारको क्षेत्रमा कार्यरत बिभीन्न संघ, संस्थाहरुको समन्वयमा कार्यक्षेत्रका १८ वटा जिल्लाहरुमा जातीय छुवाछुत दिवश मनाउने राष्ट्रिय दलित नेटवर्क (च्म्ल्) नेपालका कार्यकारी निर्देशक हुकुम ब. सार्कीले बताउनु भयो ।
बुधवार देखि प्रारम्भ भएको १२ दिने अभियान सबैको अभियान हुनु पर्दछ भन्ने बिश्वासका साथ नेपाल सरकार, राजनितिक दलहरु, सामाजिक रुपान्तरणको अभियानका साँझेदारहरु, आबद्ध महासंघ, नेटवर्क तथा एलायन्सहरु, मानव अधिकार तथा नागरिक संगठनका अगुवाहरु, दलित राजनितिक संगठनहरु, दलित एक्टीभिष्टहरु, च्म्ल् नेपालका सबै तहक र आम दलित समुदायलाई आव्हान समेत गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -