spot_img

प्रतिबन्धित भारतीय नोट सहित एक पक्राउ



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ जेठ ।
प्रतिबन्धित भारतीय नोट सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चौकबाट प्रतिबन्धित भारतीय नोट सहित एक जनालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेकजांच गर्ने क्रममा सिमावर्ती भारतीइ सहर रक्सौल तर्फबाट ना २ प १११३ नं.को मोटरसाइकलमा वीरगंज बजार तर्फ आउदै गरेको बारा जिल्ला कलैया उमनपा वडा नं. १८ को मेहीलाल प्रसाद साहलाई रोकेर चेकजांच गर्दा निजले पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धीत भारतीय नोट फेला परेको जिप्रकाले जनाएको हो ।प्रहरी टोलीले साहको झोलाबाट भारतीय रु.५००।– दरका नोट ३४६ थान, रु.२००।– दरका नोट ३ थान र रु.१००।– दरका नोट ३ थान गरी भा. रु. १ लाख ७३ हजार ९ सय प्रतिवन्धित नोट फेला पारेको जनाइएको छ ।
भारतीय नोटहरु सहित मेहीलाल प्रसाद साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर