spot_img
Homeसमाचारलामिछाने विरुद्धको रिट दर्ता गर्न आदेश

लामिछाने विरुद्धको रिट दर्ता गर्न आदेश

काठमाडौं, ९ जेठ (रासस)
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न आदेश गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार दर्ता गर्न आदेश गरेको हो । सर्वोच्च प्रशासनले उक्त रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियोे ।
उक्त दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गर्नुभएको थियोे । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्ने आदेश गरेको हो ।
रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लामिछानले नागरिकता लिएको तर उक्त कार्यमा पनि प्रक्रिया नपुगेको उल्लेख छ ।
यसअघि अदालतमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर गरेको रिट निवेदन विचाराधीन छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -