सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ जेठ ।
वीरगंज महानगरपालिका वातावरण शाखाका कर्मचारीको भ्रष्ट निति उजागर भएको छ ।
वीरगंज महानगरपालिकाको विच अर्थात वीमनपा कार्यालयको ५ सय मिटर कै दुरीमा वातावरण नै दुषित पार्ने गरी संचालनमा रहेको बोइलर बन्द गर्न माग गर्दै दिएको निवेदन उपर कुनै किसिमको कारवाही नै नगरी थिचिएको सामाचार बुझिन आएको हो ।
वीमनपा वडा नं. १० स्थित ठाकुरराम बहुमुखी क्याम्पस देखी ५० मिटरकै दुरीमा संचालित रहेको स्वीट मार्ट फुड प्रा.लि. (चकलेट) उद्योगले सो क्षेत्रको वातावरण नै दुषित पार्ने गरी धुंवा सहितको बोइलरले गर्दा स्थानीयमा स्वास–प्रस्वासको समस्या हुने भएकोले त्यसलाई बन्द गर्न गत वर्ष चैत्र ६ गते निवेदन दर्ता गराएको भए पनि हाल सम्म कुनै किसिमको कारवाही नभएको निवेदकहरुले बताएका छन ।
स्थानीय प्रमेश्वर प्रसाद साह नेतृत्व टोलीले वीरगंज महानगरपालिकाको वातावरण शाखामा निवेदन दर्ता गराएका थिए ।
वातावरण शाखाका प्रमुख प्रदिप साहले निवेदन लिंदै तुरुन्तै आवस्यक कारवाही गर्ने आस्वाशन दिए पनि हाल सम्म कुनै किसिमको कारवाही पनि गरेका छैनन् भने उनलाई भेट्न कार्यालयमा जांदा समेत प्राय उपस्थित नरहने र मोबाईल फोन पनि नउठाउने गरेको निवेदक साहले गुनासो व्यक्त गरेका छन ।
वातावरण शाखा प्रमुख प्रदिप साहले निवेदन लिएको भोली पल्ट नै उक्त उद्योगको अनुगमन गरेका थिए र अनुगमनका क्रममा पनि व्यापक धुंवा निस्किने गरी बोइलर संचालन मै रहेको भेटिए पनि उनले हाल सम्म कुनै किसिमको कारवाही प्रकृया अघि नबढाउनुले उद्योगीसंग आर्थिक सांठगांठ गरेको हो की भन्ने स्थानीयले आशंका व्यक्त गरेका छन ।
यस सम्बन्धमा बुझन राष्ट्रिय सहाराले पनि प्रदिप साहसंग सम्पर्क गर्न खोज्दा उनी संग सम्पर्क हुन सकेन । प्राय कार्यालयमा उपस्थित नदेखिने वातावरण शाखाका प्रदिप साह नजिकका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार केही न केही सांठगांठ नभई उनी यसरी चुपलागेर बस्ने व्यक्ती होइनन् ।
सो उद्योगको बोइलरबाट निस्किने धुंवाले गर्दा स्थानीय मात्र नभई नजिकै रहेको क्याम्पसको विधार्थीहरुमा समेत नाकारात्मक प्रभाव पार्ने अवस्था रहेको जानकारको भनाइ छ ।
Facebook Comments Box