spot_img

बिल बिजक भन्दा बढी सामान लोड ट्रक नियन्त्रण



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बसपार्क सडकखण्डबाट औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले सोमवार ना.६ ख ३३८८ नम्बरको मालवाहक ट्रक रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक संकास्पद देखिए पछि ट्रक नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक सहित मालसामानको अ.मु.रू ७२ लाख ७५ हजार ४ सय ८८ को मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर