सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित हुनु भएको छ ।
जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष यादव निर्वाचित हुन भएको हो ।
संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएको पार्टीले जनाएको छ ।
यस अघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता हुनुहुन्थ्यो । उहा उपराष्टपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो ।
Facebook Comments Box