सहारा संवाददाता–––––––––––––––
कलैया, ०८ जेठ ।
प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बारा जिल्ला स्थित सुवर्णपुर गाउपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
सुवर्णपुर गाउपालिकाले विभिन्न विद्यँलयका प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यँर्थी र स्थानीय असन्तुष्ट समुहले गाउपालिका कार्यालयमा तोडफोड गरेका हुन ।
गाउपालिका अन्तरगतका हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुअर्वाका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई सरुवा गरेको विषयलाई लिएर तोडफोड गरिएको गाउपालिकाका एक कर्मचारीले बताएका छन ।
उग्र विद्यार्थि सहितका असन्तुष्ट समुहले गाउपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोड गर्दै कागजपत्र बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ ।
गाउपालिका कार्यालयमा तोडफोड र आगजनी हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ पुरुषोत्तम पाण्डेले बताए ।
उनले प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगामुढा गरेको बताए । अहिले स्थिति नियन्त्रणमा छ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गाउपालिका कार्यालय क्षेत्रमा परिचालन गरिएको छ ।
सोमवार गाउपालिका कार्यक्रमा बैठक बसिरहेको बेला विद्यार्थीसहितका समूहले भवन तथा मोटरसाइकल तोडफोड गर्नुको साथै आगजनीको प्रयास गरे पछि प्रहरीले हस्तक्षेप गरेको स्थानीय प्रत्यक्षदर्शिले बताएका छन ।
गाउपालिकाका प्रमुख प्रसासकीय अधिकृत वकिल पालले भने बिहान असन्तुष्ट समुहले गरेको तनावको स्थिति अहिले सामान्य भएको बताएका छन ।
उनले प्रधानाध्यापकहरुको सरुवा सहमतिमै भएको हो तर पनि विवादित विषय बारे बैठक बसेर केही निर्णयमा पुग्ने छौं भने ।
Facebook Comments Box