spot_img
Homeदेशमधेशवीरगंज महानगरद्वारा १३ शिक्षकलाई स्पष्टिकरण माग

वीरगंज महानगरद्वारा १३ शिक्षकलाई स्पष्टिकरण माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
नयां शैक्षिक सत्र सुरु भएसंगै वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ ।
अनुगमनकै क्रममा सोमवार विद्यँलयमा अनुपस्थित रहेका १३ जना शिक्षकलाई अनुगमन टोलीले कारवाही गरेको छ ।
विद्यालयमा शिक्षक अनुपस्थित हुंदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।
महानगरबाट खटिएका अनुगमन टोलीले सोमबार छुट्टा–छुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको हो ।
सोमबार बिहान गएका अनुगमन टोलीले वीरगंज महानगर अन्तरगतका माइस्थान विद्यापिठ मा.वि.मा ८ जना शिक्षक अनुपस्थित फेला परेको छ भने अलौ स्थित श्री द्वारदेवी मा.वि.मा ५ जना शिक्षक अनुपस्थित रहेको फेला परे पछि उनीहरुलाई स्पष्टिकरण सोधिएको वीरगंज महानगरपालिकाले जनाएको छ ।
विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनुभयो ।
द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसंग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसंग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली पनि नियन्त्रणमा लिएको छ ।
महानगरले विद्यार्थीसंग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसंग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -