सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ जेठ ।
पर्सा जिल्ला पोखरिया नगरपालिका निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी र प्रभु अस्पतालद्वारा पोखरिया नपा वडा नं. ८ मा संयुक्त रुपले आयोजना गरेको शिविरमा ५० जना गर्भवती महिलाको परिक्षण गरिएको छ ।
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षणसंगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित गभर्नर लायन डि.एन. अग्रवालले जानकारी दिनुभएको छ ।
अग्रवालका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गराएका ग्रामिण भेगका ५० जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसंगै आवश्यक औषधीसमेत उपलब्ध गराइएको छ ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ लायन डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निःशुल्क रुपमा परामर्श पनि दिइन् । गाउका महिलाहरु शहरमा आउन समय नमिल्ने हुंदा क्लबले आयोजना गरेको शिविरबाट ग्रामिण भेगका महिलाहरु लाभान्वित भएको डा. थापाले बताइन् ।
डा. थापाले महिलाहरुले आफ्नो समस्यालाई पनि लुकाएर राख्ने र बताउन नसक्दा समस्या झनै बल्झिने हुंदा खुलेर समस्या बताउन पनि उनले बिरामीहरुलाई सचेत गराएकी छिन् । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुनको सभापतित्वमा आयोजित शिविरमा प्रमुख अतिथि बरिष्ठ उद्योगपति लायन बिरेन्द्र कुमार संघाईले शिविरमा सहभागी महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराउन सहयोग गर्नु भयो । स्वास्थ्य शिविरमा लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित गभर्नर लायन डि.एन. अग्रवाल, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, एरिया चिफ लायन उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की लगायत स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments Box
सम्बन्धित खबर