सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ जेठ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्यालाई समाधान गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
वीरगंजमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो आवस्यकता औल्याउनु भएको हो ।
उहाले नेपाल र भारतबीच सनतातनकालदेखि नै सम्बन्ध अत्यन्तै सुमधुर रहेकाले आर्थिक तरलताको वर्तमान समस्यालाई समाधान गर्न दुवै मुलुकले आपसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई नयाँ ढ·बाट अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री रिजालले नेपालमा नीतिगत र विधिगतरूपमा लगानी गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाले वर्तमान आर्थिक संकटलाई समाधान गर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउदै मुलुकको आर्थिक विकास र समृद्धिका लागी सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
Facebook Comments Box