सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर महानगरपालिकाका लागी विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गर्नु भएको छ ।
महोत्तरी जिल्ला स्थित बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गर्नु भएको हो ।
कार्यक्रममा मेयर सिंहले वीरगंज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगंज महानगरका लागी विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गर्नु भयोे ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पुर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिव सहितका टोलीलाई वीरगंज मै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागी पनि मेयर सिंहले निम्तो दिनु भयो ।
सो अवसरमा मेयर सिंहले मन्त्री ज्यु , उपाध्यक्ष ज्यु सहितको टोलीलाई एकपटक वीरगंज मै आएर स्थलगत भ्रमणका लागी आइदिन म निमन्त्रणा गर्दछु , तपाईहरुले स्थलगत भ्रमण गरे पछि मात्रै वीरगंजका आवश्यकता के के हुन् स्पष्ट हुन्छ , त्यसले बजेट विनियोजनमा अझ सहज हुने भन्नु भयो । संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगंज महानगरले पाइरहेको प्रसंग सुनाउदै मेयर सिंहले वीरगंज मधेसकै एकमात्र महानगर हो , त्यस कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगंजका लागी विशेष प्याकेज सहितको बजेट विनियोजन गर्नुपर्छ भन्नु भयो ।
उहाले वीरगंजलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगंजमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव , मधेस प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी , मन्त्रालयका सचिवहरु, प्रदेशसभा सदस्यहरु ,पालिकाका प्रमुखहरुका साथै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box