सहारा दैनिक

spot_img
Homeदेशमधेशबिज बिजक भन्दा बढि मालसामान लोड कन्टेनर, ट्रक र ट्याक्टर नियन्त्रण

बिज बिजक भन्दा बढि मालसामान लोड कन्टेनर, ट्रक र ट्याक्टर नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ जेठ ।
बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल, बेरि· तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको कन्टेनर, ट्रक र ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरबाट खटिएको छुट्टा–छुट्टै प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ र २५ बाट कन्टेनर, ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले सोमवार राती १०ः४५ बजे वीरगंज महानगरपालिका वडा नं. १६ बोखार चोक स्थित सडकखण्डमा ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक संकास्पद समेत देखिए पछि नियन्त्रणमा लिइ ट्रक सहित सामानहरुको अ.मु.रू.६३ लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी वप्रका विर्ताले बिल विजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर लगायतका खुद्रा सामानहरु बोकेको ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनरलाई वीमनपा वडा नं. ४ रेल्वेरोड स्थित सडकखण्डमा मंगलवार रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेकोले कन्टेनर सहित हार्डवेयर र खुद्रा सामानहरुको अ.मु.रू.५८ लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रकाले जनाएको छ । त्यस्तै वप्रका श्रीपुरबाट खटिएको टोलीले वीमनपा वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट द्यच्ण्छन्ब्ज्ञढद्धट नम्बरको भारतीय ट्याक्टरलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरि·हरू लोड रहेको र विल बिजक संकास्पद देखिए पछि ट्याक्टर सहित बेरि·को अ.मु.रू.१८ लाख २२ हजार ३ सय ४७ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -