spot_img
Homeदेशमधेशनागरिकता मुद्दामा गृह प्रशासनलाई अलमल्याउन सफल भारतीय नागरिक नरेश साह विरुद्ध पक्राउ...

नागरिकता मुद्दामा गृह प्रशासनलाई अलमल्याउन सफल भारतीय नागरिक नरेश साह विरुद्ध पक्राउ पुर्जी जारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० बैशाख ।
नेपाली नागरिकता खारेजी प्रकृयामा रहेका भारतीय नागरिक नरेश कुमार साह विरुद्ध पक्राउ पुजी जारी भएको बुझिन आएको छ ।
झुठो विवरण पेश गरी २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएको भनी विभिन्न प्रमाण सहित उजुरी परेको र बयानको क्रममा भारतमा जन्म भएको स्वीकार गरे पछि जिल्ला प्रशासन कार्यालय पर्साले नरेश कुमार साहको नागरिकता खारेजीको लागी सिफारिस गरेका थिए ।
अहिले भने उनी विरुद्ध चेक अनादर मुद्दामा पक्राउ पुर्जी जारी भएको समाचार बुझिन आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले बैंकिंग कसुर (चेक अनादर) मुद्दामा नरेश विरुद्ध पक्राउ पूर्जी जारी गरेको समाचार बुझिन आएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा परेको द्वैध नागरिकता सम्बन्धी मुद्दालाई आर्थिक बलमा बिचाराधीन बनाउन सफल भारतीय नागरिक नरेश साहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिले फरार रहेका छन ्।
भारत बिहार सीतामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जन्म भएका नर्सिंह साहका छोरा हाल वीरगंज महानगरपालिका वडा नं. ८ निवासी ५० वर्षीय नरेश साहले वीरेन्द्र प्रसाद यादवलाई दिएको रु. ६ लाखको चेक बाउन्स भएपछि यादवको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतबाट पक्राउ आदेश लिई जिल्ला प्रहरी कार्यालय पर्साले वडा प्रहर िकार्यालय विर्तालाई निजलाई पक्राउ गर्न पत्राचार गरेको हो ।
अवैध आर्जनको कमाईबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा राम्रो फंडिङ गर्दै आएका नरेश राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको संरक्षण पाएपछि नेपालको कानून नीति नियमलाई मान्न नपर्ने मनोभावका साथ अघि बढी रहेका छन् ।
राष्ट्रवाद र निष्ठाको कुरा गर्ने राप्रपाले नरेशलाई द्वैध नागरिकता सम्बन्धी मुद्दाबाट जोगाउन गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाएका थिए तथापि पर्साका ईमानदार मतदाताले उनको जमानत जफ्त हुनेगरी बहिष्कार गरेपनि पैसाको आडमा गृह प्रशासनको कारवाहीबाट जोगिँदै आएका छन् ।
पैसा र राप्रपा अध्यक्ष लिङ्देनको संरक्षणमा नागरिकता खारेजी प्रकृयालाई अलमलमा राख्न सफल साहले चेक अनादर मुद्दामा पक्राउ पुर्जी जारी गरेपनि जिल्ला प्रहरी कार्यालय पर्सालाई पनि प्रभावमा पार्ने हुन की आशंका व्यक्त गरिन थालिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -