सहारा दैनिक

spot_img
Homeदेशमधेशबसको झ्यालबाट बाहिर हेर्दा भएको दुर्घटनामा एकको मृत्यु

बसको झ्यालबाट बाहिर हेर्दा भएको दुर्घटनामा एकको मृत्यु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ बैशाख ।
बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका स्थित भलुही चोकमा पिकअपको ठक्करबाट एक बसका यात्रुको मृत्यु भएको छ ।
बसमा सवार पर्सा जिल्ला कालिकामाई गाउपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महतो नुनियाको मृत्यु भएको हो ।
जितपुरसिमरा उमनपा वडा नं. २३ स्थित भलुही चौकमा शुक्रवार विहान वीरगंजबाट काठमाडौं जादै गरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाले झ्यालबाट बाहिर हेर्ने क्रममा विपरित दिसाबाट आउदै गरेको प्रदेश २ –३ –००१ –च –२४५२ नम्बरको पिकअपले ठक्कर दिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेका कारण र पिकअपको गति तिब्र रहेकोले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनु भयो ।
हाल यात्रुवाहक बस सहित चालक र ठक्कर दिने पिकअप सहित चालकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -