सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ बैशाख ।
भन्सार छली ल्याइएका चामल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि बिदुर शिवाकोटीको कमाण्डमा खटिएको टोलीले चामल नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले शुक्रवार दिउसो वीरगंज महानगरपालिका वडा नं.११ रानीघाट स्थित प्रकाश कुमार गुप्ताको पसल अगाडी लुकाइ छिपाइ राखिएको अवस्थामा रु.१ लाख २० हजार ८ सय ७८ मुल्य बराबरको ७४ बोरा चामल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रण लिइएको चामल थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box