spot_img
Homeदेशमधेशअबको युगमा बाल बिबाह गरिए अपराध हुने छ–नेता पटेल

अबको युगमा बाल बिबाह गरिए अपराध हुने छ–नेता पटेल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ बैशाख ।
नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्य शिव पटेल ले अब को युगमा पनि बाल बिबाह गरिए बालबालिकाहरु प्रति अभिभावकहरुले अपराध गर्ने बताउनु भएको छ ।
बहुदरमाइ नगरपालिका वडा नं. ४ वडा कार्यालय बहुअरीपिडरीको सहयोगमा महिला स्वरोजगार सिप बिकास तालिम केन्द्र प्रालिद्वारा आयोजित ३ दिवसिय बाल बिबाह तथा दाइजो उन्मुलन सम्बन्धि चेतनामुलक तालिम को उदघाटन कार्यक्रममा नेता पटेलले यस्तो बताउनु भएको हो ।
बहुदरमाइ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष सुरेन्द्र यादवको सभापतित्वमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेता पटेलले अबको समयमा भेदभाव नगरि छोरीलाइ उचित र ब्यवहारिक शिक्षा दिइ २० बर्ष पछि बिबाह गर्ने र छोराको बिबाहमा दहेज नलि बिबाह गर्न तर्फ समाज उन्मुख हुनु पर्ने तर्फ सहभागीको ध्यानाकर्षण गराउनु भयो ।
बहुअरी स्थित विद्यालयको प्रा·नमा आयोजित कार्यक्रममा वडा समितिका सचिव रामबिनय साह, नेकपा एमालेका नेता अशोक रौनियार, पिनटु साह, गोपाल साह, झोटि ठाकुर ,गया साह, नेतृ उमापति देवी, स्थानीय वुद्धिजिवि बिनोद मिश्रा, प्रशिक्षकहरु क्रमशः मनोज कर्ण ,राज तिवारी ,अनु बर्नवाल, श्रुति चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -