spot_img
Homeदेशमधेशभोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थान तत्पर छौं–मेयर सिंह

भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थान तत्पर छौं–मेयर सिंह

वीरगंज, २८ बैशाख ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागी संधै तत्पर रहेको बताउनु भएको छ ।
भोजपुरी प्रतिष्ठान बीरगंजद्वारा भाषा आयोगको सहकार्यमा बिहिवार बीरगंज स्थित क्लासिक होटेलमा आयोजित “मातृभाषा में शिक्षा के सन्दर्भ–भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
गोष्ठिमा भाषा आयोग नेपालका अध्यक्ष माननीय डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने बताउनु भयो ।
उहाले स्थानीय भाषामा पठन पाठन लागु गर्न स्थानीय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यता रहेको बताउनु भयो ।
बीरगंज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने भएकाले आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताउनु भयो । उहाले काठमाडौं महानगरपालिकामा मातृभाषा ११५ जना शिक्षक दरबन्दी कायम गरिएको उदारहण दिदै हामीले पनि त्यतो गर्न सके भोजपुरी भाषा प्रतिको आकर्षण बढने बताउनु भयो ।
बीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको अध्यक्षतामा आयोजित गोष्ठिमा भाषा बिद् डा. विश्वम्भर शर्मा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा,भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियंका पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली,सलमा खातुन, ओमप्रकाश सर्राफ,तवरेज अहमद,ईश्वरचन्द्र यादव,बिनोद मेहता,धुव्र सिंह ठकुरी,अनिता साह,ऋतुराज पटेल, लगायतको उपस्थिती रहेको थियो ।
गोष्ठिमा भाषा आयोगका अध्यक्ष डा. ठाकुरले नेपालमा बिभिन्न भाषाको इतिहास र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पार्नु भएको थियो ।
सहजिकरण भोजपुरी प्रतिष्ठान बीरगंजका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -