वीरगंज, २५ बैशाख ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको एक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीलले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडक खण्डबाट कपडा लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडाको अ.मु.रू.५२ लाख ३४ हजार ७ सय १७ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box