spot_img
Homeदेशमधेशआचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै–अध्यक्ष बस्नेत

आचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै–अध्यक्ष बस्नेत

वीरगंज, २५ बैशाख ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास कायम राख्न पत्रकारहरुले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताउनुभएको छ ।
पर्दाफास डेली डटकम अनलाइनको उद्घाटन तथा गोष्ठि कार्यक्रमलाई सम्बोधन अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै गएको बताउनुभयो ।
उहाँले जनविश्वासलाई कायम राख्न आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिंदै पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि काउन्सिल प्रतिबद्धत रहेको बताउनु भयो ।
आचारसंहितालाई समयसापेक्ष पुनर्वलोकनसँगै अनुगमन गरी रहेको बताउदै उहाले स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताका लागि प्रेस काउन्सिलले पुरस्कार र दण्डको नीति लिएर अघि बढ्ेको बताउनु भयो ।
पछिल्लो समय पत्रकार र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठ्नु चिन्ताको विषय भएको बताउँदै अध्यक्ष बस्नेतले समाचार विषयमा प्रश्न उठ्यो भने सच्याउने तत्परता सञ्चारमाध्यमले देखाउनुपर्ने बताउनु भयो ।
पत्रिकाको कार्ड लिने तर पत्रकारिता नगर्ने र राज्यको सुविधा लिने तर नियमित प्रकाशन नगर्ने सञ्चारमाध्यमाथि काउन्सिलले निगरानी गरिरहेको पनि उहाँले बताउनुभयो । नेपालको राजनीतिक व्यवस्था परिवर्तनका लागि नेपाली सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहे पनि नेपाली मिडियाले अझै उचित सुविधा पाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा प्रेस काउन्सिलका पूर्वसदस्य गोविन्द चौलागाईंले पत्रकारिताको शिरलाई ठाडो पार्न पत्रकारहरुले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरी नेपाल पत्रकार महासंघका अर्का केन्द्रीय सचिव दीपेन्द्र चौहानले राज्यले प्रेस काउन्सिललाई दिएको अधिकारलाई सही ढ·बाट प्रयोग गर्नुपर्ने सुझाव दिँदै पत्रकार आचारसंहिताबारे देशव्यापी प्रशिक्षण चलाउन सुझाव दिनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बञ्जारा लगायतले पत्रकार आचारसंहिताको पूर्ण परिपालना भए पत्रकारिताप्रतिको जनविश्वास बढ्ने बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -