सहारा दैनिक

spot_img
Homeदेशमधेशउपभोक्ताले महंगीको मार खेपिरहेका छन्–पूर्वमन्त्री यादव

उपभोक्ताले महंगीको मार खेपिरहेका छन्–पूर्वमन्त्री यादव

वीरगंज, २५ बैशाख ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले देशमा आर्थिक गतिविधि सुस्त भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद् यादवले आर्थिक गतिविधिमा सुस्ता आएको र निजी क्षेत्र, उपभोक्ताले महंगीको मार खेपिरहनु परेको बताएका हुन् ।
चालू आर्थिक वर्षमा १.८६ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने प्रक्षेपण आउँदै गर्दा पछिल्लो लगातार तीन त्रैमासमा आर्थिक बृद्धिदर नकरात्मक भएको बताउँदै उनले देश आर्थिक मन्दीतर्फ होमिइसकेको बताए ।
औपचारिक ढंगले न सरकारले न राष्ट्र बैंकले बोलेको छ मन्दी भयो भनेर, यादवले भने, तर, अर्थतन्त्रमा मन्दीको सङ्केत केही महिना अगाडि देखि नै परिसकेको छ । हामी मन्दीको अहिले सबै भुक्तभोगी छौँ । ४ प्रतिशतको आर्थिक बृद्धिदर घटेर एकै चोटी २ प्रतिशतभन्दा तल आउनु भनेको हामी चरम शिथिलतामा पुगिसकेका छौं ।
उनले सरकारले लक्ष्यअनुसार खर्च नगर्ने, नीजि क्षेत्रमा बैंकको कर्जा निरुत्साहित हुने, अघिल्लो तीन त्रैमासमा लगातार ऋणात्मक आथिृक बृद्धिदर हुने कारणले अर्थतन्त्र शिथिलता र मन्दीतर्फ होमिएको प्रष्ट रहेको बताए ।
मौसमि प्रभाव समायोजित भएर आएको बृद्धिदरको आकंडाले आर्थिक जरजरतर्फ मुलुक प्रवेश गरेको देखिने बताउँदै सांसद यादवले मन्दीले सबै तह र तप्कालाई छाएको यादवको भनाई छ ।
घरायासी तहमा व्यक्तिमा आथिृक मन्दी छाएको छ, उनले भने, आम्दानी घटेको र खर्च चाहिँ उस्तै छ । व्यवसाय तहमा पनि मन्दी छ । व्यापार व्यवसाय चलेको छैन । उधारोमा गएको पैसा उठ्दैन । समाजमा बैमानी प्रवृति हाबी भएको छ । उद्योगमा मन्दी आएको छ ।
आयातित सस्तो वस्तु् वा सेवासँग प्रतिस्पर्धा गगरिरहनु पर्ने लागत दिनदिननै बटेर उत्पादनको क्षमताभन्दा निकै तल उत्पादन गर्नुपरेको छ । कर्मचारी र मजदुरको तलब ज्यादा भुक्तानी बढ्दै जाने भएकाले त्यहाँ पनि अवस्था सन्तोषजनक छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -