वीरगंज, २४ बैशाख ।
पर्सा प्रहरीले सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित पक्राउ गरेको एक जनालाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझएको छ ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रवार सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित पक्राउ गरेको एक भारतीय नागरिकलाई राजस्व अनुसन्धान कार्यालयमा आइतवार बुझाएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डमा भारतबाट वीरगंज तर्फ शंकास्पद रुपमा आउंदै गरेको भारत हौंडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल ४५ वर्षीय बुद्धदेव मैतीलाई रोकेर शरिरको तलासी लिंदा निजले लगाएको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका मैतीलाई सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूको अं.मुल्य रु.२९ लाख ४४ हजार ६ सय ३३ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box