spot_img

दुव्र्यसन विरुद्ध अभियानमा जोडिन अध्यक्ष चौधरीको आह्वान



वीरगंज, २४ बैशाख ।
पटेर्वासुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरीले लागू औषध जस्तो विकराल समस्या समाधानको लागी सबैको साथ र सहयोग आवस्यक रहेको बताउनु भएको छ ।
पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिका वडा नं. ५ निचुटा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित लागू औषध दुव्र्यसन विरुद्धको कार्यक्रमको उद्घाटन गर्दै गापा अध्यक्ष चौधरीले यस्तो आवस्यकता औल्याउनु भएको हो ।
पटेर्वासुगौली गाउपालिका र सानो पाइलाको संयुक्त आयोजनामा सुरु भएको एक्शन फर ड्रग फ्रि कम्युनिटी नामक अभियान अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले विद्यार्थीहरुलाई यस अभियानमा जोडिन आह्वान समेत गर्नु भयो ।
गाउपालिका क्षेत्रभित्र व्याप्त रहेका समस्याहरुको समाधानका लागि गाउपालिका सदैव प्रयासरत रहेको बताउदै अध्यक्ष चौधरीले विद्यार्थीहरुलाई असफलताबाट नडराउन अभिप्रेरित समेत गर्नुभयो ।
जीवनमा असफलता आइरहन्छन्, तर, हिम्मत नहारेर प्रयास गरिरहनु नै सफलताको पहिलो खुड्किलो हो भन्दै उहाले हतास नभएर लक्ष्यमा सदैव अडिग रहनुस् । विद्यार्थीहरुमाथि विद्यालय वा समुदायमा आइपर्ने कुनै प्रकारको समस्याको लागी गाउपालिका सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसै गरी कार्यक्रममा गापा उपाध्यक्ष ममता महतोले विशेष गरी विद्यालय पढ्ने उमेर समूहका युवाहरु लागूऔषधको दलदलमा फस्ने सम्भावना हुनेप्रति चिन्ता व्यक्त गरिन ।
उपाध्यक्ष महतोले सही मार्गमा हिंड्नका लागी सबैले प्रेरित गर्नुपर्नेमा जोड दिंदै भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाहरु अनाहकै लागूऔषधको कुलतमा फस्ने गरेको तर्फ सचेत गराइन । उनले लागूऔषध दुव्र्यसन जस्तो विकराल समस्याको समाधानका लागी तपाईहरुको पनि सहयोग चाहिएको बताइन ।
हरेक वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेत गराउने उद्देश्यले अभियान सुरु गरिएको जनाएको छ ।
कार्यक्रममा सामुदायिक पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक राज कुमार तामाङ र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक राम राजा केशरीले सहभागी विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम घिमिरे, स्थानीय समाजसेवी जीतु चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर