वीरगंज, २४ बैशाख ।
जिल्ला सम्नवय समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफ (अजय) को सकृयतामा धोविनी गाउपालिकामा भएको तालाबन्दी खुलेको छ ।
उपाध्यक्ष मन्जु देवीको नेतृत्वमा केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले विभिन्न माग राखी बैशाख ८ गते गाउपालिका कार्यालयमा गरेको तालाबन्दी जिल्ला सम्नवय समिति पर्साका प्रमुख सर्राफको सकृयतामा आइतवार खुलेको हो ।
नेपाली कांग्रेसबाट गापा उपाध्यक्षमा निर्वाचित मन्जु देवी नेतृत्वका जनप्रतिनिधीहरुले गापा अध्यक्ष मदन चौहानले हटाएका करार कर्मचारीहरुलाई राख्नु पर्ने, बोर्ड बैठक नियमित बस्नु पर्ने र शाखा प्रमुखहरुलाई शाखा परिवर्तन गर्नु पर्ने माग गर्दै बैशाख ८ गते तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण गाउपालिकाको दैनिक प्रशासनीक एवं जनताका कामहरु समेत प्रभावित रहेको अवस्थामा व्यापक छलफल गरी दुवै पक्षलाई सहमती गराएर तालाबन्दी खुलाएको जिल्ला सम्नवय समिति पर्साका प्रमुख सर्राफले बताउनु भयो ।
व्यापक सुरक्षा विच आइतवार दुवै पक्षलाई बसाएर गराएको छलफलका क्रममा प्रत्येक महिना ३ पटक बोर्ड बैठक बस्ने, शाखा प्रमुखहरुको शाखा परिवर्तन गर्ने र करार कर्मचारीहरुको बारेमा आपसी सहमतीमा बोर्ड बैठकबाट निर्णय गर्ने सहमती भएको उहाले जानकारी दिनु भयो ।
Facebook Comments Box