spot_img
Homeदेशमधेशजिल्ला सम्नयव समिति प्रमुख सर्राफलाई सम्मान

जिल्ला सम्नयव समिति प्रमुख सर्राफलाई सम्मान

वीरगंज, २३ बैशाख ।
जिल्ला सम्नयव समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफ (अजय) लाई नेपाल सुन चा“दी व्यवसायी महासंघ मधेश प्रदेशले सम्मान गरेको छ ।
महासंघ मधेश प्रदेशको दोश्रो वाष्र्रिक साधारणसभा अन्तरगत वीरगंजमा शनिवार आयोजित एक कार्यक्रम विच सर्राफलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सोनार समाजका निर्वाचित जनप्रतिनिधी, संचारकर्मी लगायत सोनार समाज तथा विभिन्न संघसंगठनमा आवद्ध अगुवा तथा राजनितिज्ञहरुलाई समेत सम्मान गरिएको छ ।
महासंघका उपाध्यक्ष एवं मधेश प्रदेशका पुर्व अध्यक्ष शिवजी सर्राफको सभापतित्वमा आयोजित कार्यक्रममा सोनार समाजका अगुवा तथा संचारकर्मी यात्रा डेलिका राम सर्राफ, राष्ट्रिय सहारा दैनिकका चन्द्रभुषण साह, मधेश खबर डटकमका क्रान्ती साह र श्याम सर्राफलाई पनि सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको महासंघका मधेश प्रदेश सचिव प्रवेश सर्राफले जानकारी दिनु भयो ।
त्यसै गरी कार्यक्रममा पर्सा सुनचा“दी व्यवसायी संघका संस्थापक निरज सर्राफ (मुन्ना) जसपाका नेता शिवजी सोनी, नेपाल सोनार समाजका उपाध्यक्ष ह्दयनारायण सर्राफ लगायत मधेश प्रदेश अन्तरगत विभिन्न जिल्ला अन्तरगतका जनप्रतिनिधीहरुलाई पनि सम्मान गरिएको सचिव सर्राफले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -