spot_img
Homeदेशमधेशसिर्सिया प्लटिङको जग्गा नापजाँच सुरु

सिर्सिया प्लटिङको जग्गा नापजाँच सुरु

वीरगंज, २१ बैशाख ।
वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ ।
नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न २०४२ चैत २८ मा २६ विघा जग्गामा गरेको प्लटिङको वीरगंज महानगरपालिकाले नापजाँच गरेर छुट्याउन सुरु गरिएको हो ।
प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५÷३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो ।
प्लटिङको जग्गा नगर विकाससंग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन । नगर विकासले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म वस्ति विकास हुन नसकेको जानकारहरु बताउछन् ।
बिहिवारबाट नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोली नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको जनाइएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप बिहिवारबाट काम अघि बढेको हो ।
टोलीले बुधबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५÷३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -