सहारा दैनिक

spot_img
Homeसमाचारपूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न हुन सकेन–जानकारहरू

पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न हुन सकेन–जानकारहरू

काठमाडौँ, १९ वैशाख (रासस)
नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरिएको भए पनि त्योअनुसार कानुनहरु बन्न नसक्दा अहिले पनि प्रेस स्वतन्त्रताको पूर्णरुपमा उपयोग गर्न नपाएको जानकारहरूले बताएका छन् ।
फ्रिडम फोरम नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा अवसरमा आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको अवस्था ः चुनौती’ विषयक अन्तरक्रियाका वक्ताहरूले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्न नपाएको बताइएका हुन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेसले अहिले पनि ढुक्क रुपमा काम गर्न सक्ने अवस्था नभएको हुँदा प्रेस स्वतन्त्राका लागि अझै आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले संविधानअनुसार कानुनहरु बन्न नसकेको र भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा कुन्दन अर्यालले विश्व पत्रकारिता दिवसका अवसरमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाबारे समीक्षा पनि गर्नुपर्ने जरुरी भएको र आगामी दिनमा प्रेस स्वतन्त्रताको उपयोग गर्ने विषयमा संविधानले नै ग्यारेन्टी गरेको बताउनुभयो ।
उहाँले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेसँगै भएका कानुनको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले प्रेसलाई साझा र स्वतन्त्र संस्थाको रुपमा प्रेसलाई उभ्याउनुपर्ने र प्रेस स्वतन्त्रतासम्बन्धी कानुनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो ।
फ्रिडम फोरमको प्रतिवेदनअनुसार प्रेस स्वतन्त्रता उल्लंघनका कूल संख्यामा कमी आए पनि धम्की दिने प्रवृत्ति यथावत रहेको उल्लेख छ । सन् २०२२ को मे देखि २०२३ अप्रिलसम्म दर्ता भएका उल्लंघनका ४० घटनामा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन् । अघिल्लो वर्ष ५५ घटनामा ९३ सञ्चारकर्मी प्रभावित भएका थिए ।
यस वर्ष प्रभावित ७९ सञ्चारकर्मीमध्ये २९ जनाले अवरोध÷तोडफोडको सामना गर्नुपरेको छ । त्यस्तै, २२ माथि आक्रमण भएको छ भने १६ जनाले मौखिक रूपमा दुव्र्यवहार, आठ जनाले धम्की वा ज्यान मार्ने धम्की र चार जना पक्राउ÷हिरासतमा परेका छन् । त्यस्तै तीन मिडिया हाउसमा आक्रमण भएको छ भने एकमा तोडफोड भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -